Aadarsh-Daily

क्षेत्रीय सुरक्षा सहकार्यको एजेन्डासहित गृहमन्त्री गुरुङ भारत प्रस्थान

ad-4p

पर्सा , असोज २६ – 

content ad p2

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृहमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

मंगलबार हुने बैठकमा बिमस्टेकका सात सदस्य राष्ट्रका गृहमन्त्री तथा आन्तरिक सुरक्षा हेर्ने मन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा गुरुङले सम्बोधन गर्ने र सदस्य राष्ट्रका समकक्षीसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

content left

बैठकमा लागुऔषध तस्करी, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवाद, साइबर अपराध तथा विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य बढाउने विषय प्रमुख एजेन्डा रहनेछन्।

नेपालले विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम घटाउने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने तथा उद्धार र राहतमा संयुक्त प्रयास बढाउने विषयलाई प्राथमिकता दिनेछ।

सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा सहकार्यसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो। बैठकमा सुरक्षा सहकार्यसम्बन्धी दस्तावेज पारित गरी घोषणापत्र जारी गर्ने तयारी छ।

गृहमन्त्री गुरुङ असोज २८ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily