Aadarsh-Daily

वीरगञ्जमा पटक पटक गरीरहेको अनियमति लोडसेडीगं विरुद्ध प्रदर्शन

ad-4p

वीरगञ्ज ५ असार । वीरगञ्जमा आईतबार फेरी विधुत प्राधिकरणले पटक पटक गरीरहेको अनियमति लोडसेडीगं विरुद्ध प्रदर्शन भएको छ ।

content ad p2

लोसपाका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अगुवाई तथा युवा नेता मनोज साहको सकृयतामा आईतबार प्रदर्शन भएको हो ।

content left

प्रदर्शनमा सहभागी युवाहरुले कुलमान घिसिगं खबरदार, जनतालाई दुख दिन पाईदैन भन्ने लगायतका प्लेकार्ड बोकी युवा तथा नेताहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी युवा नेता ओमप्रकाश सरार्फले विधुत प्राधिकरणको लापरवाहीका कारण सर्वसाधारण जनताले दिनहु जसो सास्ती खेप्न बाध्य भएको बताए ।

प्रदर्शनमा सहभागीहरुले दिनहु जसो विधुत भोल्टेज कम हुने गरेको कारण घरघरमा टिभि, फ्रिज, पंखा लगायतका सामाग्री जलेको तथा विहानदेखी रातीसम्म पटक पटक विधुत कटौतीले गर्मीमा रातभर जाग्राम बस्न बाध्य हुने गरेको गुनासो गरेका थिए ।

पछिल्लो प्रदर्शनका क्रममा राखिएको विभिन्न मागबारे सुनुवाई गर्ने वाचा गरीएपनि हालसम्म पुरा नभएको तथा जनताले जस्ताको तेस्तै सास्ती खेपीराखेको भन्दै सरार्फले अब पनि जनताको समस्या सुनुवाई नभए सशतm आन्दोलनमा जान बाध्य हुने बताएका छन् ।

आईतबार भएको प्रदर्शनमा महिला नेतृ मालती कुश्वाहा लगायत युवा, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily