Aadarsh-Daily

सिर्सिया नदिलाइ प्रदुषित बनाउने उद्योगहरुलाइ कार्वाहीको माग

ad-4p

वीरगन्ज,०७असार : वीरगन्जको लाइफलाइनका रुपमा रहेको एक मात्र नदि सिर्सिया नदिलाइ प्रदुषित बनाउने उद्योगहरुलाइ कार्वाहीको माग गरिएको छ ।

content ad p2

सिर्सिया नदी एंव वीरगन्ज प्रदूषणमुक्त अभियान वीरगन्जले सिर्सिया नदी प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई कारबाहीको माग गरेको हो ।सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी , वीरगन्ज महानगरपालिकाका मेयर र वीरगन्ज उद्योग वाणिज्य संघलाइ छुटटा छुटटै ध्यानाकर्षण पत्र बुुझाउदै अभियानमा आबद्ध अभियन्ताहरुले सिर्सिया नदि प्रदुषित बनाउने उद्येगहरुलाइ कार्वाहीको माग गरेका हुन् ।

यस्तै वीरगन्ज महानगरका विभिन्न स्थानबाट बग्ने ढलको फोहोर पानी, सिधै सिर्सिया नदिमा बगाउने काम भइरहेकाले त्यसलाइ रोकेर्र ‘वाटर ट्रिटमेन्ट’ गरेपछि मत्रौ नदीमा खसाउन पनि अभियानले माग गरेको छ ।
सोमबार अभियानमा आबद्ध अभियन्ताहरुले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र वीरगन्ज उद्योग वाणिज्य संघका सचिव आशीषकुमार लाठ लाई सोमबार छुट्टा छुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

content left

अभियानका संयोजक सुरेन्द्र कुर्मी सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउदैै तत्काल यस बारे कदम चाल्न दबाब पनि दिएको छ ।

नेसनल लेदर इन्डस्ट्रिज प्रालि, बायोटेक इन्डस्ट्रिज प्रालि, नेपाल लेदर इन्डस्ट्रिज प्रालि, सुशील वनस्पति प्रालि, अर्निका प्रोसिस, मोरियम लेदर, त्रिशक्ति सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कलश सिमेन्ट लगायत करिब चार दर्जन उद्योगहरुले आफ्ना उद्योगबाट निस्केको बोसो, रौं, रसायन, पशु शरीरको ठोस अवशेष , कालो छाइ , रसायनयुक्त पानी सिधै सिर्सिया नदीमा खसालि रहेकाले ती उद्योगहरुलाइ कार्वाहीको माग गरि तीन वटै निकायलाइ ध्यानाकर्षण पत्र बुझाइएको अभियानका संयोजक सुरेन्द्र कुर्मीले बताए ।यसका साथै वीरगन्ज महानगरपालिकाले पनि ढल र नालाको दुषित र फोहोर पानी सिधै नदीमै मिसाउदै आएकाले त्यो पनि तत्काल रोक्न माग गरिएको उनले बताए ।
ध्यानाकर्षण पत्रमा नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक र अनुसूची ८ मा रहेको आधारभूत स्वास्थ्य सरसफाइ वातावरण संरक्षण र जैविक विविधता स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेको उल्लेख गर्दै वीरगन्ज महानगरपालिकाको बीच भएर बग्ने सिर्सिया नदी बाराको रामवनबाट निर्मल जलसहित सुरु भई वीरगन्ज महानगरपालिका– १ छपकैंयासम्म पुग्दा विषमा परिणत हुने गरेको उल्लेख छ ।

यस्तै सिर्सिया नदीको पानी प्रदूषणबाट नदीका सम्पूर्ण जलचरहरू मरिसकेको , माछा, भ्यागुता देखि सर्पसमेत अब नदीमा देखा नपर्ने गरेकाले नदी प्रदूषणको कारण जैविक विविधता समाप्त भइरहेको र नदीसँगै जोडिएका गाउँमा नदीकै पानीबाट तरकारी खेती हुँदा तरकारी पनि विषादीयुक्त हुन्छ; प्रदूषित नदीले गर्दा छाला, मुटु, क्यान्सर, दमा रोगीहरूको संख्या बढ्दै गएको कुरा पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले सिर्सिया नदी प्रदूषणमुक्त बनाउन वीरगन्ज महानगर र जीतपुर सिमरा उपमहानगरपालिकाको सरोकारवालाहरूको संयुक्त बैठक राखेर त्यसपछि के–कसरी अघि बढ्ने तथा काम कारबाही अघि बढाउन आफू तयार रहेको बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर सिंह र वीरगन्ज उद्योग वाणिज्य संघका सचिव लाठले पनि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सक्दो सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन् ।

सम्बन्धित खबर

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

Aadarsh Daily

पर्सा–२ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, पूर्व मन्त्री राजकुमार गुप्ता प्रमुख दावेदार

Aadarsh Daily

बारा–४ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, अमर यादव पहिलो नम्बरमा

Aadarsh Daily