
श्री हनुमान मन्दिर संचालन समिति ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आज बहुदरमाई नगरपालिका-७ छपकैयामा सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रमा रगत को अभाव भएकोले आज आयोजना गरिएको रक्तदान कार्यक्रममा७
महिला सहित ५३ जना ले रक्तदान गरेको आयोजक संस्था का
अध्यक्ष जटाशंकर शर्मा ले बताउनु भयो !
कार्यक्रममा नेकपा एमाले का चर्चित नेता एवम बहुदरमाई नगरपालिका का नगर प्रमुख प्रत्यासी शिव पटेल ,नगर उप प्रमुख सुश्मा कुमारी कुश्वाहा ,नेकपा एमाले नगर अध्यक्ष प्रमोद कुश्वाहा ,बहुदरमाई नगरपालिका वार्ड नं.७निबर्तमान वाडा अध्यक्ष प्रभु पटेल, नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र पर्सा का प्रतिनिधी सौरभराज पाण्डे लगायत को उपस्थिती रहेको थियो !


