Aadarsh-Daily

भंगी साह उच्च माविमा लगाइएको ताल्चा खुल्यो

ad-4p

पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरमा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलिएको छ ।

content ad p2

शिक्षकको कमी हुदा पठनपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आइतबार प्रदर्शन गर्दै विधालयको मुल गेटमा तालाबन्दी गरेका थिए ।

content left

सोमबार आन्दोेलनरत विधार्थी , अभिभावक , जनप्रतिनिधी र स्थानीय युवा नेताहरु बिच भएको सर्वपक्षीय छलफलमा शिक्षकको समस्या सामधानका लागि सहमति भएपछि विधालयमा लगाइएको ताल्चा खोलिएकोे स्थानीयवासी समेत रहेका नेपाली काँग्रेसका युवा नेता राकेश यादवले जानकारी दिए ।

उनका अनुसार , मङगलबार देखि विधालयमा नियमित रुपमा पठनपाठन पनि शुरु गर्ने सहमति भएको छ ।सोमबार विधालयमै भएको छलफलमा समस्या समाधान गर्न तथा विधाालयको नियमित अनुगमन गर्न ११ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । उक्त समितिले शिक्षक,विद्यार्थी र जनप्रतिनिधिसंग समन्वय गरि विधालयका हरेक समस्याको सुक्ष्म अध्ययन गरि समाधान गर्नेछ ।

सोमबारको छलफलमा बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह ,शिक्षा शाखा प्रमुख , आन्दोलनत विधार्थी , शिक्षक, शिक्षिका , अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily