Aadarsh-Daily

किसानको माग राखेर वीरगन्जमा राप्रपाको प्रदर्शन

ad-4p
content left

वीरगन्ज,१३ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा) पर्साले वीरगन्ज स्थित कृषि ज्ञान केन्द्र पर्सा अगाडि प्रदर्शन गरेको छ ।
किसानका विभिन्न मााग राखेर राप्रपाका नेता कार्यकर्ताहरुले रानीघाट स्थित कृषि ज्ञान केन्द्रको गेट अगाडि सोमबार प्रदर्शन गर्दै दुइ घण्टा धर्ना पनि दिएका छन् ।
वीरगन्जको पार्टी कार्यालयबाट निस्किएकोे राप्रपाका नेता कार्यकर्ताहरुको जुलुश कृषि ज्ञान केन्द्र पुगेर भित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि गेट अगाडि नै दुइ घण्टा धर्नामा बसेको राप्रपाका पूर्वकेन्द्रिय सदस्य नगीना यादवले बताए ।
प्रदर्शनमा सहभागी राप्रपाका नेता कार्यकर्ताहरुले किसानलाइ मल सहज रुपमा उपलब्ध गराउनु पर्ने ,तरकारीको बीउ निशुल्क वितरण गर्नु पर्ने , कृषि उपकरणहरु अनुदानमा उपलब्ध गराउनु पर्ने , कृषि उपजको उचित मुल्य निर्धारण गर्नु पर्ने लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

content ad p2

राप्रपाका जिल्ला अध्यक्ष सुमेश्वर उपाध्यायको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा उपाध्यक्ष अवधकिशोर साह , मानार्थ अध्यक्ष अंगद ठाकुर ,वरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद.कुर्मी , पुर्व केन्द्रिय सदस्य नगिना यादव , वीरगन्ज महानगर अध्यक्ष जलेशवर सरार्फ , प्रदेश संगठन बिभाग प्रमुख किरण डंगोल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily