Aadarsh-Daily

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेनः भौतिक मन्त्री यादव

ad-4p
content left

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताएकी छन् ।

content ad p2

राष्ट्रियसभामा सोमबारको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै किसिमका सडक र पुल निर्माण लक्ष्यभन्दा कम निर्माण हुने देखिएको बताइन । चालु आवमा एक हजार ८ सय किमी सडक निर्माण गर्ने लक्ष्य लिइएकामा ६ सय किमी मात्र सम्पन्न भएको मन्त्री यादवले जानकारी दिए । ग्राभेल सडक ८ सय किमी निमार्ण गर्ने लक्ष्य लिइएकोमा २ सय ९२ किमी र ३ सय ५० किमी कच्ची सडक निर्माणको लक्ष्य लिइएकोमा १ सय ६५ किमी निर्माण भएको उल्लेख गर्दै उनले भनिन–‘लक्ष्यभन्दा कम प्रगति छ तर सन्तोषजनक छैन ।’ चालु आवमा ३ सय वटा पुल निर्माण गर्ने लक्ष्य लिइएकोमा १ सय १ वटा निर्माण भइसकेको र १ सय वटा निर्माण हुने क्रममा रहेको मन्त्री यादवले बताइन् । नीति तथा कार्यक्रमको मर्मअनुसार नै कार्यक्रम ल्याउन प्रयास गरिएको उनको भनाइ थियो । विगत वर्षभन्दा काठमाण्डु तराई द्रुतमार्गमा धेरै बजेट छुट्याइएको मन्त्री यादवले बताए । यो आयोजनाको जिम्मेवारी लिएपछि सेनाले कसरी समयमै गर्छ भनी सबैले हेरिरहेको उनले उल्लेख गरिन् । राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त आयोजनालाई प्राथमिकता दिइएको, महाकालीमा दोधारा–चाँदनी पुल अन्तिम चरणमा पुगेको, नागढुङ्गा सुरुङमार्ग निर्माण अघि बढेसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको र गत आवसम्म १४ प्रतिशत प्रगति रहेकोमा हाल ५४ प्रतिशत प्रगति पुगेको मन्त्री यादवले बताइन्
सिद्धबाबा सुरुङ डिजाइनको क्रममा रहेको र काठमाण्डु उपत्यकाको जाम घटाउन पहिलो चरणमा ग्वार्खाेमा ठेक्का सम्झौता भएर डिजाइनको क्रममा पुगेको उनले बताइन् । ३५ किमी लामो जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा आइसकेको छ भन्दै मन्त्री यादवले १०÷१५ किमीभन्दा लामो सडक सङ्घमा राख्नुपर्ने मान्यता रहेको बताए । प्रदेशमा जनशक्ति कम भएकाले पनि हस्तान्तरण भएका आयोजना अलपत्र पर्नसक्ने देखिएको उनले बताइन् । समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न चाहे पनि अदालतको रोकावटका कारण गर्न नसकिएको मन्त्री यादवको भनाइ थियो । आफूले १२÷१५ योजनाका ठेकेदारलाई कालोसूचीमा राखे पनि अदालतको अन्तरिम आदेशका कारण अघि बढ्न नसकेको उनले उल्लेख गरिन् । पुल निर्माणले एक गाउँ अर्काे गाउँसँग र एउटा जिल्ला अर्काे जिल्लासँग जोड्ने चर्चा गर्दै मन्त्री यादवले बजेट विनियोजन गर्दा कुनैकुनै क्षेत्र छुट्न पुगे पनि कुनै पनि जिल्ला नछुटेको बताए । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिका लागि पर्याप्त रकम छुट्याइएको, केही साना तथा महत्वपूर्ण योजनामा बजेट प्रस्ताव गरिएको, राष्ट्रिय र स्थानीय पुल धेरै आवश्यक भए पनि नयाँ योजनामा हाल्ने मात्रै नभएर विगतका योजना पूरा गर्न बजेट छु्याइएको छ भन्दै उनले ए उ ट ै जिल्लामा १ सय पुल आवश्यक भए पनि राम्रो तयारी नगरी बजेट छुट्याउनु नहुनेमा जोड दिए ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily