Aadarsh-Daily

वामदेव गौतमले पार्टी दर्ता गर्ने निश्चित

ad-4p

नेकपा एकता अभियानको चन्द्रागिरीमा भेला गरेको तीन दिनमै पुराना कम्युनिस्ट नेता वामदेव गौतमले पार्टी दर्ता गर्ने निश्चित भएको छ । चुनावको मुखमा उनले पार्टी घोषणा गरेपनि कति महिना यसको आयु रहला भन्ने अनुमान हुन थालिसकेको छ ।वामदेवको नयाँ दलमा लामो समय नेकपा एमालेको राजनीतिमा लागेकाहरुको बाहुल्य छ । उनले साथ लिएकाहरुको उल्लेख्य संख्या छ ।

content ad p2
content left

पार्टी गठन गरेपनि वामदेव गौतमले नेकपा एमाले या नेकपा एकीकृत समाजवादी केन्द्रसँग चाँडै एकता गर्ने निश्चित छ । उनले एकता अभियानमार्फत् वाम एकता वा चुनावी तालमेलमा दबाब पनि सृजना गर्दैछन् ।

गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क सूत्रमार्फत् कुराकानी समेत गरिसकेको बुझिएको छ । उनले प्रचण्ड र माधव नेपालसँग पनि कुराकानी गर्दै आएका छन् । सकभर नेकपा ब्युँझाउन पार्टी एकता गराउने नसके ओली या माधव नेपालमध्ये एकसँग मिलेर समर्थकहरुलाई पनि टिकट दिलाएर चुनाव लड्ने दाउमा छन् ।

सम्बन्धित खबर

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily