Aadarsh-Daily

जसपाको केन्द्रिय बैठक वीरगन्जमा

ad-4p
content left

वीरगन्ज,१६ असार : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रिय कार्यकारीणी समितिको बैठक वीरगन्जमा बस्ने भएको छ ।
बैठक यहि असार २७ र २८ गते बस्ने जसपा नेपालको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बिहिवार एक प्रेस नोट जारी गर्दै जानकारी गराएका हुन् ।

content ad p2

दुइ दिन सम्म चल्ने बैठकमा पार्टीको अवस्था,संगठन सुदृढिकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पुर्व तयारीका लागि रणनीति विषयमा छलफल र निर्णय हुने जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।
केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका पदाधिकारी र केन्द्रिय कार्यकारीणी सदस्यहरु सहभागी हुने उनले बताए।

सम्बन्धित खबर

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily