Aadarsh-Daily

सांसद् प्रदीप यादव पनि जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीको सूचीमा

ad-4p

वीरगञ्ज, १७ अषाढ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

content ad p2

सरकारमा सहभागी जसपाका चारैजना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसँगै पार्टीको तर्फबाट को नयाँ मन्त्री बन्ने बारे कौतूहलता बढ्दै गएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि नयाँ मन्त्रीको नाम टुङ्गो लगाउने गृहकार्य गरिरहेका छन् भने मन्त्रीका आकांक्षीले पार्टी अध्यक्षलाई फकाउन दौड धुप सुरु गरिसकेका छन् ।

यो सबका बीच जसपाबाट सरकारमा सहभागी हुनलागेका सम्भावित मन्त्रीहरुको नाम अगाडि आएको छ । नयाँ मन्त्रीहरुको सूचीमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवको नाम पनि रहेको उपेन्द्र यादव निकट स्रोतको दावी छ ।

content left

स्रोतका अनुसार अध्यक्ष यादवले सांसद् प्रदीप यादवलाई यस पटक मन्त्री बनाउने निर्णय गरिसकेका छन् ।

 

आज साँझ अथवा भोली बिहानसम्म यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको सूची हस्तान्तरण गर्न तयारी गरिरहेको बुझिएको छ । मन्त्री बन्ने अन्य सम्भावितमा व्यक्तिमा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रमोद साह, सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव र बाँके क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य महम्मद इस्तियाक राइन रहेका छन् । यद्दपी आधिकारिक नाम अहिलेसम्म बाहिरिएको छैन ।

हाल जसपाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि जसपामाथि पनि मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने दवाव बढ्दै गएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टाराई अलग हुने निश्चित जस्तो भएको बेला जसपाले मन्त्री फिर्ता बोलाउँदा राजितीले नयाँ मोड लिएको छ । जसपा विवादका कारण पार्टीले मन्त्री फिर्ता बोलाउने कार्यलाई पछि सारेको चर्चा चलेको थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily