Aadarsh-Daily

पर्साका सांसद प्रदीप यादव वन तथा वातावरणमन्त्रीको शपथ ग्रहन गर्दै

ad-4p

पर्सा क्षेत्र नम्बर १ सांसद प्रदीप यादव , संघीय सरकारको मन्त्री बन्ने निश्चित भएको छ ।यादव , वन तथा वातावरण मन्त्री बन्ने पक्का भएको हो ।

content ad p2

जनता समाजवादी पार्टी (जजसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आइतबार बेलुकी प्रधानमन्त्री शेर बहादुर देउवालाइ बुझाएको तीन जना नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरणमन्त्रीमा सिफारिस गरिएको हो ।

जसपा अध्यक्ष उपेन्द्रले प्रम देउवालाइ बुझाएको नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरण मन्त्री , बाँके क्षेत्र नम्बर २ का सांसद महम्मद इस्तियाक राइन्लाइ भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री र सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवलाइ कृषि तथा पशुपंक्षि विकास मन्त्रीमा सिफारिस गरिएको छ ।

content left

जसपाले अहिले रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ भने यथावत नै राखेको छ ।

जसपा उच्च श्रोतका अनुसार , हाल जसपाबाट सरकारमा रहेका चार मध्ये तीन जना मन्त्रीहरुलाइ सोमबार फिर्ता बोलाउने र नयाँ सिफारिस गरिएका तीन जना मन्त्रीहरुको सोमबार नै शपथ ग्रहण गराउने तयारी रहेको छ ।

जसपाले अघिल्लो हप्ता मात्रै सरकारमा अहिले रहेका आफना पार्टीका मन्त्रीहरुलाइ फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।

जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन्।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily