Aadarsh-Daily

नवनियुक्त जसपाका तीन मन्त्रीले लिए शपथ

ad-4p
content left

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।
सोमबार राष्ट्रपति भवनमा जसपाका नवनियुक्त मन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शपथ लिएका हुन्।

content ad p2

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाइन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।
सोमबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गरेकी थिइन्।जसपाले भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाउँदै राई, सिंह र यादवलाई सरकारमा पठाउने निर्णय गरेको थियो। उसले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily