
वीरगंज –पर्सा प्रहरीले विदेशी रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ घर भएको र हाल वीरगंज महानगरपालेका वडा नम्बर १६ स्थित डेरागरी बस्दै आएका ३४ बर्षीय नवलकिशोर साह रहेका छन ।

पक्राउ परेका साहले सर्वसाधारणलाई फ्री भिसा फ्री टिकेटमा बिबिन्न काममा विदेश पठाई दिने भन्दै मेडिकल चेकजाच गर्नु भएकोले २५ हजार देखि २ लाख सम्म ठगी गरेको पाईएको पर्सा प्रहरीले जनाएको छ ।
साहले अरु संग ठगेका रुपैया आफ्नो नागरिकता प्रयोग नगरी अरु व्यक्तिको नागरिकताको प्रतिलिप प्रयोग गरी आईएमी मार्फत झिक्ने गरेको भन्दै पिडित दिएको दरखास्तको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले साह बस्ने वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थितको डेरामा खानतलासी गर्दा ३ लाख नेपालि र १ लाख ४८ हजार भारतीय रुपैया सहित विभिन्न स्थानबाट आईएमी मार्फत मगाएको पैसा झिकेको आईएमी कन्ट्रोल आईडी नम्बर र अन्य कागजात समेत बरामद गरेको छ ।
पक्राउ परेका साहमाथी ठगि कसुरमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला अदालत पर्साबाट ५ दिनको लिएको प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

