Aadarsh-Daily

सेवाग्राहीबाट एक लाख ७० हजार घुस लिँदै गर्दा पर्साका सब ईन्जिनियर पक्राउ

ad-4p

पर्सामा घुस रकम लिदै क्रममा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । शहरी विकास तथा भवन कार्यालय पर्साका सब ईन्जिनियर रुपेश कुमार दुवे सेवाग्राहीबाट १ लाख ७० हजार रुपैया घुस लिदाँ दिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

content ad p2

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वमा रहेको प्रहरी टोलीले दुवेलाई नगद १ लाख ७० हजार घुसको रुपैया सहित पक्राउ गरेको हो । दुवे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन ।

content left

दुवेले प्रत्येक सेवाग्राहीसँग विकास निर्माणको ठेक्का पट्टाको फाईल सदर र निर्माण सम्पन्नको प्रमाणित गर्न ठेक्का रकमको १० प्रतिशत भुक्तानी नगरी हस्ताक्षर नै नगर्ने गरेको छन । जिल्ला वन कार्यालय मार्फत ओम निर्माण सेवा बसन्तपुरले जिराभवानी गाउँपालिकामा रहेको सब डिभिजन कार्यालय बसन्तपुर र सब डिभिजन कार्यालय मानवाको बन कर्मचारीहरुको लागि स्टाफ क्वाटर निर्माणको ठेक्का पाएको थियो ।

दुवै निर्माण कम्पन्नीको स्टाफ क्वाटर निर्माण गर्न १०÷१० लाख रुपैयामा ठेक्का सकार गरी भवन समेत निर्माण गरीसकेको छ । आर्यन एण्ड आशिष निर्माण कम्पन्नीका संचालक कृष्णमोहन साहले भने, भवन निर्माण गरी सकेपनि सब ईन्जिनियर दुवेले कमिशन विना फाईलमा हस्ताक्षर गर्न मानेका थिएनन्। १ लाख ७० हजार कमिशन बापत घुस लिएपछि मात्र फाईलमा हस्ताक्षर गर्ने भएपछि घुस बापतको रकम लिएको केहि बेरमै प्रहरीले उनलाई रंगे हात पक्राउ गरेको बताए ।

दुवेलाई १ लाख ७० हजार नगद घुस बापत रुपैया लिई रहेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । उनले भने, दुवेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएका छौ, प्रारम्भीक अनुसन्धान पश्चात अख्तियारको जिम्मा लगाउँने छौ ।
सभार: मिर्मिरे अनलाइन

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily