Aadarsh-Daily

अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय समयसिमा भित्रै कामको तयारी

ad-4p
content left

काठमान्डौ । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयसिमा भित्रै काम सक्ने तयारी गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसिमा भित्रै छानविनका बाँकी काम सक्ने गरि तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । पूर्व अर्थमन्त्री जनार्दन शर्मा र समाचार लेख्ने पत्रकारहरुको भनाईका बारेमा पनि बैठकमा छलफल भएको थियो । समितिको अर्को बैठक आइतबार बस्ने र छानविनका थप प्रक्रिया सुरु गरिने सचिव अर्यालले बताउनुभयो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो भने समितिको म्याद सात दिन थप गरिएको थियो ।

content ad p2

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily