Aadarsh-Daily

अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय समयसिमा भित्रै कामको तयारी

ad-4p
content left

काठमान्डौ । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयसिमा भित्रै काम सक्ने तयारी गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसिमा भित्रै छानविनका बाँकी काम सक्ने गरि तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । पूर्व अर्थमन्त्री जनार्दन शर्मा र समाचार लेख्ने पत्रकारहरुको भनाईका बारेमा पनि बैठकमा छलफल भएको थियो । समितिको अर्को बैठक आइतबार बस्ने र छानविनका थप प्रक्रिया सुरु गरिने सचिव अर्यालले बताउनुभयो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो भने समितिको म्याद सात दिन थप गरिएको थियो ।

content ad p2

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily