Aadarsh-Daily

दिनेश गुणवर्द्धने बने श्रीलंकाको नयाँ प्रधानमन्त्री

ad-4p

दिनेश गुणवर्द्धने श्रीलंकाको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रनिल विक्रमासिङ्घेले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

content ad p2
content left

७३ वर्षीय गुणवर्द्धनेलाई पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेको कार्यकालमा अप्रिलमा गृहमन्त्री बनाइएको थियो । उनले परराष्ट्रमन्त्री र शिक्षामन्त्रीसमेत भइसकेका छन् ।

विक्रमासिंघे राष्ट्रपति बनेपछि प्रधानमन्त्री पद रिक्त भएको थियो । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिङ्घेले बिहीबार देशको आठौं राष्ट्रपतिको सपथ लिएका छन् । गुणवर्द्धने रनिल विक्रमासिङ्घेका सहपाठी थिए, अहिले श्रीलंकालाई आर्थिक संकटबाट निकाल्ने भार दुवैको काँधमा छ
राष्ट्रपति विक्रमासिङ्घेले श्रीलंकाका नवनिर्वाचित प्रधानमन्त्री गुणवर्द्धनेलाई सपथ गराए । विक्रमासिङ्घे राष्ट्रपति बनेपछि पनि श्रीलंकामा शान्ति कायम हुन सकेको छैन । उनलाई गोतबायाको प्यादा भन्दै आन्दोलनकारीले आन्दोलनलाई तिब्र बनाएका छन् । बिहीबार ढिलो कोलम्बोमा श्रीलंकाको राष्ट्रपति सचिवालयको बाहिर गाले फेसमा सेना र सयौं प्रदर्शनकारीहरूबीच झडप भएको थियो।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न राष्ट्रपति सचिवालय परिसर बाहिर हतियारधारी सेना तैनाथ गरिएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन सेनाले आन्दोलनकारीको टेन्ट च्यात्न थालेपछि उनीहरु आक्रोशित बनेका थिए । गाले फेसमा जम्मा भएका प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गर्न थाले ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily