Aadarsh-Daily

जिल्ला प्रशासनलाई प्रदेशको मातहतमा ल्याउन माग गर्दै मधेश प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

ad-4p

वीरगञ्ज, ८ साउन ।  मधेश प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका सन्दर्भमा प्रधानमन्त्री शेरबहादर देउवालाई ध्यानाकर्षण गराइएको छ ।

content ad p2

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै मधेश भवन (जनकपुर चुरोट कारखाना र प्रदेश सभा रहेको स्थान लगायतका सिफारिस गरिएका जग्गा प्रदेश सरकारको नाममा हस्तान्तरण गर्न अनुरोध गरेको छ ।

content left

साथै स्थायी भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने आर्थिक श्रोतको व्यवस्थापन गर्न पनि ज्ञानपन पत्रमार्फत माग गरिएको छ । सोही विज्ञप्तीमार्फत जिल्ला प्रशासन कार्यालयलाई पनि प्रदेश सरकारको मातहतमा ल्याउन आवश्यक निर्णय एवम् निर्देशन दिइ पहल गर्न पनि आग्रह गरिएको छ ।

आगामी निर्वाचन अगावै प्रहरी समायोजना गर्नुपर्ने पनि विज्ञप्तीमार्फत माग गरिएको छ ।  ज्ञापन पत्र बुझाउन मधेश प्रदेशका आन्तरिक मामिला तथा सुचना सञ्चार मन्त्री भरत कुमार साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा लगायत गएका थिए ।

 

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily