Aadarsh-Daily

मुख्यमन्त्री राउत जम्बो टोलीसहित गर्मी छल्न यूरोप जाँदै

ad-4p

वीरगञ्ज, ८ साउन ।  मधेश प्रदेश सरकारको टोलीले यूरोप भ्रमणमा जाने तयारी गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका सभामुख सरोज कुमार राय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सूचना एवम् सञ्चार मन्त्री भरत साहसहितको टोली यूरोप भ्रमणमा जान लागेको हो ।

content ad p2

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले सभासद रानी शर्मा र एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले शारदा थापालाई पठाउने भएका छन् ।
स्विजरल्याडसहित यूरोपका देशहरु भ्रमणका लागि उनीहरुले भिसाको आवेदनसमेत दिइसकेका छन् ।

content left

स्विजरल्याण्डको संघीयताको मोडेल अध्ययनका लागि यूरोप भ्रमण गर्न जान लागेको भनिएपनि कार्यकालको अन्तिम समयमा भ्रमणमा जानुलाई शंकास्पद रुपमा हेरिएको छ । तराई मधेशमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्नकै लागि यूरोप भ्रमणमा जान लागेको हुन सक्ने टिप्पणी पनि भइरहेको छ ।

निर्वाचनको संघारमा कसैले विरोध नगरोस् भन्नका लागि विपक्षी दलका नेताहरुलाई पनि भ्रमणमा समावेश गराइएको छ । भदौ ६ गते सोमवार यूरोपका लागि झण्डै दर्जनभन्दा बढी प्रदेशका मन्त्री, एवम् प्रमुख सचिव, प्रदेश सभा सदस्य लगायतको टोली त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

मुख्यमन्त्री, सभासदसहितको टोली अहिले काठमाण्डौमा छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily