
वीरगञ्ज, २२ साउन । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका पश्चिम बंगालका पूर्व गभर्नर धनखडले विपक्षी गठबन्धनका उम्मेदवार मार्गरेटलाई पराजित गरी उपराष्ट्रपति बन्न सफल भएका हुन् ।
धनखडले ५ सय २८ मत प्राप्त गर्दा विपक्षी मार्गरेट उम्मेदवारको पक्षमा १ सय ८२ मत परेको थियो । सत्तारूढ गठबन्धनको तर्फबाट राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भईसकेकी छिन् ।

