Aadarsh-Daily

पाकिस्तानी गुप्तचरसँग सम्बन्ध राखेको आरोपमा भारतीय सेवानिवृत्त अधिकारी पक्राउ

ad-4p

आसामको तेजपुरमा पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा अवकाश प्राप्त भारतीय वायुसेनाका अधिकारी कुलेन्द्र शर्मालाई पक्राउ गरिएको छ । सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थका अनुसार शर्मा पाँच दिनका लागि प्रहरी हिरासतमा राखिएका छन् ।

content ad p2
content left

शर्मालाई भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्ने, भारत सरकारविरुद्ध युद्ध छेड्ने, आपराधिक षड्यन्त्र र प्रमाण नष्ट गर्ने आरोप लगाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारी अज्ञात व्यक्तिहरूलाई दिएको खुलेको छ ।

शर्माले २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका थिए र पछिल्ला तीन वर्षदेखि तेजपुर विश्वविद्यालयमा इलेक्ट्रोनिक्स र कम्युनिकेसन इन्जिनियरिङ विभागमा प्राविधिक सहायकको रूपमा कार्यरत थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily