Aadarsh-Daily

गोपाल सेवा समिति पर्साद्वारा मनाईने ५२४९औ कृष्ण जन्म अष्टमी महोत्सवको सम्पुर्ण तयारी पूरा

ad-4p

प्रत्येक वर्षझै यसवर्ष पनि गोपाल सेवा समिती पर्साले वीरगंज महानगरपालिका–१३ राधेमाईमा ५२४९ औ श्रीकृष्णा जन्म अष्टमीको अवसरमा श्रीकृष्ण जन्म अष्टमी महोत्सव २०७९ को आयोजना गर्ने भएको छ । यस कार्यक्रमको पूर्ब तयारी भईसकेको युवा गोपाल सेवा समिती पर्साको अध्यक्ष कृष्णा यादवले जानकारी दिनुभभयो । भगवान कृष्णको मुर्ति निर्माण देखि अन्त्य सम्म हुने छाठिहार सम्मको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष यादवले बताउनुभयो ।

content ad p2
content left

पूजा आरम्भ भदौ ३ गते शुक्रबारदेखि ९ गते सम्म ६ दिन सम्म हुने पूजामा २४ से घण्टा भजनकिर्तनको पनि व्यवस्था गरिएको उहाले बताउनुभयो । बिभिन्न ख्याती प्राप्त कलाकारबाट सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

यसै गरी पूजा स्थलमा पूजा अवधिभर बिहान ५ स्३० बजे देखि ७स्०० बजे सम्म योग शिविरको व्यवस्था गरिएको छ । त्यस्तै पूजाको अन्तिमदिन भदौ ८गते रक्तदान कार्यक्रमको साथै यादव कुलका जेष्ट नागरि र जग्गा दतालाई समान गरिने कार्यक्रम रहेको छ । भदौ २० बिहान ८ सम्म पूजा सम्पान गरी पर्साद वितरण र दिउसो देखि पूजा स्थलबाट शोभायात्रा निकाली नगर परिक्रममा गर्ने कार्यक्रम रहेको आयोज संस्था गोपाल सेवा समिती पर्साले जनाएको छ ।

 

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily