Aadarsh-Daily

नेकपा ( माओवादी केन्द्र ) जगरनाथपुर गाउँपालिका वडा नम्बर–४मा पार्टी प्रवेश कार्यक्रम सम्पन

ad-4p
content left

नेकपा ( माओवादी केन्द्र ) जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ , जगरनाथपुरको सुपुरमा पार्टी प्रवेश तथा वडा कमिटी गठन  कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको पार्टी प्रवेश तथा वडा भेलाले तीनवटा कमिटि गठन गरेको छ । जितेन्द्र चौधरीको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी, अमलेश कुमार यादवको अध्यक्षता २५ सदस्यीय वाइसियल वडा समिति र जितन ठाकुरको अध्यक्षतामा २५ सदस्यीय किसान सङ्गठ्न गठन गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, बिशिस्ट अतिथि केन्द्रीय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, कृष्णमोहन प्रसाद यादव , नेता सरिफ गद्दी , दिपेन्द्र चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि सम्पूर्ण वडा समितिका १५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

content ad p2

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily