Aadarsh-Daily

नेपाल , महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

ad-4p

वीरगन्ज, २७ भदाैं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले स्थान बनाएको छ।

content ad p2
content left

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

काठमाडौंकाे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन्।

यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हाे। समूह ‘बी’को नेपालले २ खेलमा ६ अंक जोड्यो। समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily