Aadarsh-Daily

नेपाल , महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

ad-4p

वीरगन्ज, २७ भदाैं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले स्थान बनाएको छ।

content ad p2
content left

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

काठमाडौंकाे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन्।

यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हाे। समूह ‘बी’को नेपालले २ खेलमा ६ अंक जोड्यो। समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily