Aadarsh-Daily

उद्यमी टेमानी वीरगञ्ज महानगरको सल्लाहकार नियुक्त

ad-4p

भदौ २७, वीरगञ्ज । उद्यमी अशोककुमार टेमानी वीरगञ्ज महानगरको सल्लाहकार नियुक्त भएका छन् । नगर प्रमुख राजेशमान सिंहले टेमानीलाई सल्लाहकार नियुक्त गरेका हुन् ।

content ad p2

सल्लाहकार टेमानीबाट वीरगञ्जको विकासका लागि महानगरले सञ्चालन गरेका योजना र भविष्यमा लिने रणनीतिबारेमा योगदान पुग्ने विश्वास प्रमुख सिंहले लिएका छन् ।

content left

नेपाल–भारत सोसियोइकोनोमिक फोरमको अध्यक्ष रहेका टेमानी विकासका अवधारणामा दूरदृष्टिकोण राख्न सक्ने अगुवाको रुपमा चिनिन्छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष रहिसकेका टेमानीले सो कार्यकालमा बारा र पर्साको दीर्घकालीन विकासलाई समेटेर ‘ग्रेटर वीरगञ्ज’को अवधारणा ल्याएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहिसकेका उनी अहिले महासंघ मधेस प्रदेशको पारवाहन समितिको संयोजक पनि हुन् । टेमानी वैदेशिक व्यापार र पारवहनका क्षेत्रमा जानकार उद्यमीको रुपमा परिचित छन् ।

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily