Aadarsh-Daily

बहुअर्वाभाठादेखि पोखरियासम्म करीब ६ किलोमीटर ४ लेन सडक बन्ने

ad-4p
content left

राजन कुमार बानिया
पर्सा १ असोज
पर्साको बहुअर्वाभाठादेखि पोखरियासम्म करीब ६ किलोमीटर ४ लेन सडक बन्ने भएको छ । पर्सा क्षेत्र नम्बर ३ का सांसद तथा जनता समाजवादी पार्टी नेपालका नेता हरिनारायण रौनियारको पहलमा सो सडक निर्माण हुने भएको हो ।
सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले सडक बनाउन लागेको हो । यो सडकको योजनाका लागि रौनियारले पहल गर्दै आएका थिए । चालू आर्थिक वर्ष २०७९८० मै सडकको ठेक्का प्रक्रिया पूरा भई निर्माण शुरु हुने बताइएको छ ।
चालू वर्षकै बजेटका यो सडकका लागि १ अर्ब रुपैयाँको स्रोतसमेत छुट्याइएको सडक विभागले बताएको छ । अहिले सो सडकको स्थलगत सर्वेक्षणको काम भइरहेको पनि हुलाकी कार्यालयले बताएको छ ।
अहिले २ लेन भनिए पनि ठाउँठाउँमा अतिक्रमणका कारण एक लेनमा सञ्चालित सो सडकका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको थियो । सडक निर्माण भएपछि पर्साको ग्रामीण क्षेत्रको आवागमन सहज हुने विश्वास स्थानीयको छ ।

content ad p2

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily