Aadarsh-Daily

अधिवक्ता सुरेन्द्र कुर्मीद्वारा पार्टी परिवर्तन, आउने मंसिरमा चुनाव लड्ने तयारी

ad-4p

स्थानीय तहको निर्वाचन अघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वीरगञ्ज महानगरपालिकाको मेयरमा दावी गरेका सुरेन्द्र कुर्मी तामझाम बिना पार्टी परित्याग गरेका छन् ।

content ad p2
content left

लामो समयसम्म मधेश वादी दलमै रहेका अधिवक्तासमेत रहेका कुर्मीले लोसपा परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन् । फुलमाला तथा अबिर लगाएर उनलाई कसैले पार्टीमा स्वागत भने गरेको छैन । लोसपाभित्रको आन्तरिक विवाद र कलहका कारण जसपाले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएर उनले जसपामा प्रवेश गरेको जानकारी गराएका हुन् । उनी कार्यक्रममा सहभागी मात्रै भएनन्, भाषणसमेत गरेर जसपाको गुनगान गाउँदै जसपामा प्रवेश गरेको उद्घोष गरेका हुन् ।

तामझाम बिना नै जसपामा प्रवेश गरेका कुर्मीलाई पार्टीमा आउने बित्तिकै पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको छ । यात्रा डेलीलाई प्राप्त स्रोतका अनुसार उनले लोसपाकै प्रदेश सभा सदस्य रमेश कुर्मीको क्षेत्रबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने माग गरेका थिए । यद्यपी सो क्षेत्रबाट प्रदेश सभा सदस्य कुर्मी निर्विकल्प उम्मेदवार भएपछि उनी पार्टीसँग रुष्ट बनेर जसपामा गएको हुन सक्ने अनुमान लगाइएको छ ।
पर्साको क्षेत्र नम्बर २ (ख) बाटै लोसपाका रमेश पटेलको विरुद्धमा उनी नै उम्मेदवार बन्न सक्ने प्रबल सम्भावना पनि देखिएको छ । प्रतिनिधि सभा सदस्यमा नभएपछि २ (ख) बाट जसपाका उम्मेदवार कुर्मी बन्ने निश्चित देखिन्छ ।

सोही क्षेत्रबाट सिफारिस भएका कामेश पंडित, प्रेमबाबु प्रसाद, मुकेश द्विवेदी, रुपेशमान सिंह श्रेष्ठ, संजिव कुमार यादव र मन्टु गिरीको अगाडी राजनीतिक हिसावले पनि कुर्मीकै पकड बलियो भएको हुँदा सुरेन्द्र कुर्मीलाई नै टिकट दिने आन्तरीक तयारी रहेको पार्टीभित्रको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily