Aadarsh-Daily

लाेसपका युवा नेता ओमप्रकाश सर्राफले भेटे मधेस आन्दोलनका जिउँदा सहिद पटेललाई

ad-4p

विरगंज : साेमबार सरकारी निकाय र राजनीतिक दलहरुले संविधान दिवस मनाई रहदा कालाे दिन भन्दै लाेकतान्त्रीक समाजवादी पार्टी (लाेसप)का युवा नेता ओमप्रकाश सर्राफले भने मधेस आन्दोलनका जिउँदाे सहिद मुन्सी पटेललाइ भेटेर उनकाे दुख पीडा बारे जानकारी लिएका छन् ।

content ad p2

संविधान जारी भएकाे दिन २०७२ असाेज ३ गते वीरगंजमा भएकाे मधेस आन्दोलनका क्रममा प्रहरीले हानेकाे गाेली लागेर वीरगंज महाागरपालिका वडा नम्बर २८ बगहीका मुन्सी पटेल गम्भीर घाइते भएका थिए ।उनी अहिले पनि उपचारकाे अभावमा अपांगताकाे जीवन जिउन बाध्य छन् ।

content left

लाेसपा महानगर अध्यक्ष सर्राफलेे साेमबार दिउँसाे बगही स्थित पटेलकाे घरमै पुगेर भालाकुसारी गर्दै उनकाे दुखिपडा बारे जानकारी लिएका हुन् ।दलहरु संविधान दिवसकाे खुशीयाली र विराेधका कार्यक्रममा व्यस्त रहदा लाेसपा युवा नेता सर्राफले भने मधेस आन्दोलनका जिउँदा सहिद पटेललाइ भेटेर उनलाइ सान्त्वना समेत दिए ।

त्यसक्रममा सर्राफले मधेस आन्दाेलनकै कारणा थुप्रै नेताहरुले पद र सत्ताकाे स्वाद चाखे पनि जिउँदाे सहिद पटेलकाे पीडा र याेगदानकाे मुल्यांकन नगरेकाेमा दुख व्यक्त गरे । उनले मधेस आन्दाेलनकै उपलब्धि स्वरुप राज्यका हरेक निकायमा मधेसीले आरक्षण पाएकाे भन्दै यसलाइ मधेसी सहिदका परिवार र मधेस आन्दोलनका घाइतेले पनि उपलब्धीकाे रुपमा लिनु पर्ने बताए ।

पर्सा क्षेत्र नम्बर १ काे ख काे प्रदेश सभा सदस्यकाे उम्मेदवारका लागि प्रत्याशी समेत रहेका सर्राफले सहिद र घाइतेकाे त्याग र याेगदानलाइ खेर जान नदिने र मधेसी सहिदका सपना पूरा गर्ने प्रतिबद्वता पनि जनाए ।

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily