Aadarsh-Daily

एकीकृत समाजवादीले पाउने १७ सिट

ad-4p

साता गठबन्धनबाट चुनाव लड्न नेकपा एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने सहमति गरेको बताइएको छ ।

content ad p2

सहमति अनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो ।

तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।

यसरी गरे गठबन्धनको सिट बाँडफाँट सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्। सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।

बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो

 

प्राप्त गरेको सूची अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशका धादिङ -१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ ।

माओवादी केन्द्रले उपत्यकामा काठमाडौ २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ ।

प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ ।

एकीकृत समाजवादीले इलाम १, रौतहट १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १ अछाम १, बझाङ र डोटी पाएको छ । धादिङ १ र बारा ४ मा माओवादीको पनि दाबी छ । अन्य सबै मिलेको छ ।

content left

यी हुन कांग्रेसले लिने सिट सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ७८ सिटमा सहमति जनाउने भएको छ ।

जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम -२, झापा-१, झापा-३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १,२,३ र ६, सुनसरी-२, ३ र ४, ओखलढुंगा, उदयपुर – १ लिनेगरी सहमति भएको छ।

प्राप्त सूची अनुसार मधेश प्रदेशमा कांग्रेसले सप्तरी-३, सप्तरी ४, सिराहा – १ र २, धनुषा २, ३ २४, महोत्तरी – २ र ३, सर्लाही ४, बारा – १, पर्सा ३ र ४ लिने भएको छ ।

त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप – १,

सिन्धुली-१, रसुवा, धादिङ -२, काठमाडौं – १,३,४,५,६,१०, भक्तपुर १ र २, ललितपुर-१, काभ्रे – १, सिन्धुपाल्चोक-२, मकवानपुर – १, चितवन- १ र २ लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-१, मनाङ, कास्की, तनहुँ-१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व – १ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ । लुम्बिनी प्रदेशमा गुल्मी -१, पाल्पा-१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया-१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख – १ र २, सुर्खेत १२ २ कांग्रेसले लिने भएको छ सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर २ र ३ लिने भएको छ ।

माओवादी कहाँ कहाँ?

सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झाप-२, झापा–५, भोजपुर, मोरङ-४, मोरङ-५, सोलुखुम्बु, खोटाङ, उदयपुर-२ लिने भएको छ । यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ ।

प्रदेश २ मा सिराह – ३, धनुषा-१, महोत्तरी-१, सर्लाही -२, सर्लाही -३ लिने भएको छ । सर्लाही २ मा जसपाले पनि दाबी गरेको छ । बागमती प्रदेशमा दोलखा वा रामेछाप-१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली – २, नुवाकोट-१, धादिङ -१, काठमाडौं-२, काठमाडौं- ९, काभ्रे – १, सिन्धुपाल्चोक-१ र चितवन-३ माओवादीले लिने भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ -२ लिने सहमति भएको छ । लुम्बिनी प्रदेशमा रुपन्देही-१, कपीलवस्तु-१, रुकुम पूर्व, रोल्पा, दाङ -२, बाँके – १, बर्दिया -२, नवलपरासी पश्चिम- १ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम-१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ । सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ । त्यस्तै, सुदूरपश्चिममा अछाम-१, कैलाली-२, कैलाली – ३, बैतडी, कंचनपुर १ लिने भएको छ ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily