Aadarsh-Daily

पर्साको सेढवामा एक जना यूवकद्वारा आत्महत्या

ad-4p
content left

पर्साको जिराभवानी गाउपालिका वडा नं २ सेढवामा एक जना यूवकले आत्महत्या गरेका छन। २० बर्षिय यूवक चन्दन कुमार यादव रहेका छन। यादवको पुरानो पक्की घरको बरण्डामा रहेको दलिनमा कपडाको पासो लगाई झुन्डिएको अवस्थामा स्थानीयले प्रहरीलाई जानकारी गराएको इप्रका सेढवाको प्रनानि प्रकाश महतोले बताए। युवकले गरेको आत्महत्याको कारण प्रेम सम्बनध रहेको प्रहरीको प्रारम्भिक अनुसंन्धानबाट खुलेको प्रहरीले जनाएका छन। युवकको प्रेम सम्बन्ध जिराभवानी गाउपालिका वडा नं १ भवानीपुरकी सिमा कुमारीसंग रहेका थिए। सिमा गत सावन १० आत्म हत्या गरेका थिन। तिनका अभिभावकहरुले प्रहरीसंग लुकीछिपी पर्सा राष्ट्रिय निकुञ्जको सामूदायिक वनमा जलाएको प्रहरीले गरेका अनुसन्धानमा रहेका छन।

content ad p2

युवा युवतीहरुले अत्महत्या गर्नेको संख्यामा निकै बृद्धि भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक किशोर आचार्यले बताए। आफ्नो कार्यक्षेत्रमा एक महिनामा १० जनाले आत्महत्या भएको बताए। बीरगंज महानगरनगरपालिका का केही वडा, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी, पटेर्वासुगौली जगरनाथपुर र जिराभवानी गाउपालिकामा एक महिनामा २ युवक र ८ जना यूवतीले आत्महत्या गरेका प्रनि आचार्यले बताए। जिराभवानी गापामा मात्र एक महिनामा ३ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको र समाजको लागि ठूलो समस्या रहेको प्रनि आचार्यले बताए।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily