Aadarsh-Daily

काँग्रेसले टिकट नदिए एमालेबाट पनि चुनाव लड्न सक्छु : नेता द्विवेदी

ad-4p

वीरगन्ज ,१५ असाेज : नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले काँग्रेसबाट टिकट नपाए नेकपा एमालेबाट भएपनि चुनाव लड्ने खुलाशा गरेका छन् ।

content ad p2

संविधानसभा सदस्य समेत रहेका द्विवेदी एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला द्विवेदीले यस्ताे खुलाशा गरेका हुन् ।

content left

शनिबार साँझ मधेसखबरसंग कुरा गर्दै द्विवेदीले भने, पर्सा१ बाट सांसदमा चुनाव त म जसरी पनि लड्छु , काँग्रेसबाट टिकट नपाए स्वतन्त्र लड्ने वा एमालेबाट लड्ने भन्ने बारेमा क्षेत्रका साथीहरुसंग छलफल गरिरहेकाे छु ।

उनले एमाले प्रवेश गर्ने विषयमा एमालेका उच्च तहका नेताहरुसंग वार्ता पनि भइसकेकाे खुलाशा गर्दै तर अन्तिम निर्णय भने गरिनसकेकाे बताए ।उनले भने, यस बारेमा एमालेका नेताहरुसंग दुई चरणकाे छलफल पनि भइसकेकाे छ , हेराै अब के हुन्छ , तर चुनाव त म जसरी पनि लड्छु याे निश्चित नै छ ।

आफनाे क्षेत्रका काँग्रेस नेता कार्यकर्तासंग पनि यस बारेमा निरन्तर सरसल्लाह गरिरहेकाे जनाउदै द्विवेदीले भने, सरसल्लाहका क्रममा कसैले काँग्रेसबाट टिकट नपाए स्वतन्त्र लड्न र कसैले एमालेबाट लड्न सुझाव दिइरहेका छन् ।

२०५४ सालकाे स्थानिय निकायकाे निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाकाे उपमेयरमा निर्वाचित द्विवेदी पहिलाे संविधान निर्वाचनमा पर्सा २ बाट निर्वाचित भएका थिए ।

 

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily