Aadarsh-Daily

दशैंको अवसरमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट बजारमा

ad-4p

वीरगञ्ज १६ असोज । नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट पठाएको छ । राष्ट्र बैंकका कार्यालय तथा बैंक वित्तीय संस्थाका शाखाबाट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट उक्त परिमाणमा सटही भएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

content ad p2
content left

‘यसपटक राष्ट्र बैंकका साथै अन्य बैंकका शाखाबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएका थियौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘हामीले ८–१० अर्ब सटही हुने अपेक्षा गरेकोमा त्योभन्दा बढी रकम गएको छ ।’ राष्ट्र बैंकको प्रादेशिक कार्यालयका साथै बैंक वित्तीय संस्थाका विभिन्न शाखाबाट असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको थियो । बैंकलाई उपत्यकाभित्रका कम्तीमा ५ ओटा शाखाबाट नोट सटहीको व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले नोट सटहीका लागि एक व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका एक/एक बन्डल गरी १८ हजार ५०० रुपैयाँको सीमा तोकेको थियो । कोभिड महामारीका कारण विगत २ वर्षमा नयाँ नोट वितरण नगरे पनि दशैं, तिहार र छठको अवसरमा नयाँ नोट सटही सुविधा दिने परम्परालाई राष्ट्र बैंकले चालू वर्षमा भने निरन्तरता दिएको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily