Aadarsh-Daily

रौतहटमा पहिलो पटक कुर्मी समाजको ऐतिहासिक शुभकामना कार्यक्रम सम्पन्न

ad-4p

रौतहट जिल्लाको पावन धर्तीमा पहिलो पटक कुर्मी समाजको ऐतिहासिक कार्यक्रम सम्पन्न ।

content ad p2
content left

श्री कुर्मी सशक्तीकरण मञ्च रौतहट जिल्ला कार्य समिति द्वारा हिन्दूहरूको महान पर्व बडा दशैं, शुभदिपावली तथा आस्थाको केन्द्र लिएर आएका पर्व छठको पावन अवसरमा बृन्दावन नगरपालिका वडा नं २ चाँदी नदी किनार बिश्रामपुर गाउँमा आयोजना गरिएको कार्यक्रम सभ्यताको साथ भव्य स्वजातीय बन्दूहरूको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि छिमेकी मित्र राष्ट्र भारत बिहार छपरा जिल्ला अमनौर बिधायक माननीय श्री कृष्ण कुमार उर्फ मन्टू पटेल ज्यू, बिशिस्ट अतिथि जनता दल यूनाइटेडका बिहार सचिव श्री भुवन पटेल ज्यू, पटेल सेवा संघ बिहार प्रदेश अध्यक्ष एवं जनता दल यूनाइटेडका प्रख्यात युवा नेता श्री अभय कुमार पटेल ज्यू, त्यस्तै बृन्दावन नगरपालिकाका नगरप्रमुख श्री बिनोद प्रसाद कुर्मी ज्यू, देवाही गोनाही नगरपालिकाकी नगरउपप्रमुख श्री परनीया देवी पटेल ज्यू, श्री कुर्मी सशक्तीकरण मञ्चका राष्ट्रिय अध्यक्ष अजय कुमार पटेल ज्यू, हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष श्री संतोषानन्द जी महाराज ज्यू, पर्सा जिल्लाका प्रख्यात नेता शिव पटेल ज्यू, प्रेमबाबु पटेल ज्यू, शिवशंकर पटेल ज्यू, कुर्मी सेवा सदन पर्सा अध्यक्ष सुरेन्द्र कुर्मी, कुर्मी सशक्तीकरण मञ्च पर्सा अध्यक्ष बिशेश्वर कुर्मी, बारा अध्यक्ष रमेश पटेल लगायत बिशिस्ट अतिथि, अतिथि रहेको थियो ।
प्रमुख अतिथि माननीय श्री कृष्ण कुमार उर्फ मन्टू, बिशिस्ट अतिथि जदयू बिहार सचिव श्री भुवन पटेल र पटेल सेवा संघ बिहार अध्यक्ष श्री अभय कुमार पटेल ज्यूलाई बृन्दावन नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिनोद प्रसाद कुर्मीले २१ किलोको फुलको माला लगाई स्वागत गरेका छन् । श्री कुर्मी सशक्तीकरण मञ्च रौतहट समिति द्वारा विदेशी पाहुनालाई नेपालको प्राचीन मायाको चिनोको रूपमा नेपाली ढाका टोपी, बाबा पशुपतिनाथको मन्दिर, जानकी मन्दिर जनकपुरधाम, क्रान्तिद्वारा गेट गौर, दोसाला लगायत सामाग्री द्वारा सम्मानित गरियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily