

पर्सा l बहुदरमाई नगरगरपालिका वडानं.६गम्हरियाको कतपुतरिया माईको मेलामा बिशाल दंगल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ।कतपुतरिया माई मेला समितीको आयोजना तथा वडानं ६का वडाध्यक्ष प्रमोद साहको अध्यक्षतामा बिशाल दंगल कुस्ती प्रतियोगिता सम्पन्न भाएको हो।बहुदरमाई नगरगरपालिका वडानं ६गम्हरियाको कतपुतरिया माई मेला समितीको आयोजनामा भएको मेलामा बिशाल दंगल कुस्ती प्रतियोगितमा भारत अयोध्या,राजस्थान,बनारस र दिल्लीका चर्चित पहलवान,र नेपालका चर्चित पहलवानहरुको सहभागिता रहेको थियो।गम्हरियाको कतपुतरिया माई मेलामा खेल,तमासा,नाच,र बिशाल दंगल कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो ।प्रत्येक बर्ष आश्विन महिनाको महानवमीको दिन लाग्ने सो कतपुतरिया माई मेलामा टाढा-टाढा बाट भक्तजनहरु आउने गर्दछन।बहुदरमाई नगरगरपालिका वडानं ६ गम्हरियाकाको नहर चौकको सार्वजनिक जग्गामा मधेश प्रदेश क्षेत्र नं.२को प्रदेशसभा सदस्य राजेश्वर साहको संसदीय कोषबाट लागत बाट शिवजीको मंदिरको निर्माण गरिएको छ।अहिले निर्माण भएको शिवजीको मंदिरमा सावन महिना भरि मंदिरमा पुजापाठ हुने गरेको पुजारी कुजा दासले बताउनु भयो।प्रत्येक बर्ष आश्विन महिनाको महानवमीमा लग्ने मेला हेर्न आउने भक्तजनहरुको घुईचो लाग्ने गर्छ।

