Aadarsh-Daily

संबिधान सभाका सदस्य राजकुमार गुप्ताले गरे कुस्ती खेलको उदघाटन

ad-4p
content left

नेकपा एमालेका केन्द्रिय सदस्य एवं संबिधान सभाका सदस्य राजकुमार गुप्ताले आज कुस्ती मेलाको उद्घाटन गर्नुभएको छ । नेता गुप्ताले बिजय दशमीको अवसरमा सखुवा प्रसौनी गाँउपालिकाको महुवनमा लाग्ने प्रसिद्ध कुस्ती मेलाको उद्घाटन गरेका हुन । गाँउपालिकाका अध्यक्ष एवं एमालेका युवा नेता यशवन्त यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कुस्ती मेलामा नेपाल र भारतका नामी पहलवानहरुको सहभागिता रहेको अध्यक्ष यादवले जानकारी दिए । मेला उद्घाटन गर्दै प्रमुख अतिथी गुप्ताले कुस्ती खेल मधेशको पहिचान भएकोले यसको संरक्षण गर्न सरकारको दायित्व भएको बताए । उहाँले कुस्ती खेललाई संरक्षण गर्न गाँउ गाँउमा यस्ता प्रतियोगिताहरु संचाल्न गर्नुपर्ने धारणा राखे । कार्यक्रममा एमाले नेता शिव पटेल, प्रदेश सभा सदस्य मन्जुर अंसारी,पालिका कमिटी अध्यक्ष बासुदेव महतो थारु,महुवनका वडा अध्यक्ष अशेसर प्रसाद यादव,समाजसेवी सुरेश कुशवाहा,अनिल साह लगायतको उपस्थिती रहेको थियो । खेलको उद्घाटन प्रमुख अतिथी गुप्ताले पहलवानहरु बिच हात मिलाई गराएका थिए ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily