Aadarsh-Daily

सन्दीप लामिछानेले बिमानस्थलबाट पक्राउ

ad-4p

वीरगञ्ज २० असोज । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् ।

content ad p2
content left

नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् ।

गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए ।
प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ५ गते बिहान साढे १२ बजे बलात्कार गरेका जाहेरी दिएकी थिइन् । यसैका आधारमा प्रहरीले हाेटेल र सम्बन्धित किशाेरीसँग अनुसन्धान गरी थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेकाे हाे ।

क्यानले पनि साे आराेपलागेसँगै सन्दीपलाई निलम्बन गरेकाे छ भने नैरोबीमा पनि उनी खेल खेल्न पाएनन् ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily