Aadarsh-Daily

विजया दशमीका दिन वीरगन्जमा ‘रावण दहन’

ad-4p

बिरगन्ज,१९ असाेज : प्रत्येक बर्ष झै यसबर्ष पनि वीरगन्जमा विजयादशमीका दिन बुधबार बेलुकी रावणकाे दहन गरिएको छ ।

content ad p2

असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा विजयादशमीका दिन वीरगन्जमा रावणाकाे दहन गर्ने गरिन्छ ।वीरगन्ज महानगरपालिका १६ नगवाकाे बाईपास सडक स्थित माँ वैष्णो मन्दिर अगाडी करिब ३० फिट अग्लो बनाईएको रावणकाे प्रतिमामा आगाे लगाएर रावण दहन गरिएकाे हाे ।

content left

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वरिष्ठ उद्योगपति एवं समाजसेवी अशोक बैद्य, साहिब दरबारका पीठाधिपति श्री देवेन्द्र सिंह, नेकपा एमाले नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार शम्भु गुप्ता, वीरगन्ज १६ का वडा अध्यक्ष पर्शुराम चौरसिया लगायतकाले विधिपूर्वक रावणकाे प्रतिमामा आगो लगाई दहन गरेका हुन् ।

रावण दहन कार्यक्रमलाई उत्साहपूर्वक सम्पन्न बनाउँन विभिन्न सांस्कृति कार्यक्रमको समेत आयोजन गरिएको थियो ।

त्यसअघि वैष्णाेदेवी मन्दिर अगाडीबाट बृहत मोटरसाईकल रयाली सहितकाे शाेभा यात्रा निकालिएको थियो । बैष्णोदेवी मन्दीर अगाडीबाट निकालिएको शोभा यात्रा ईनर्वा, घुसुकपुर, छपकैया, विर्ता, अखलियामठ, आर्दशनगर, माईस्थान, घण्टाघर चाेक हुदैं रेल्वे रोडको रामटोल, बाईपासको नगवा हुदैं कार्यक्रम स्थलमा पुगेर रावण दहन कार्यक्रममा परिणत भएको थियो ।

रावण दहन कार्यक्रममा विभिन्न हिन्दू धार्मिक संघ संगठनका स्वंयसेवकका साथै हजाराैं स्थानियकाे पनि सहभागिता थियो ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily