Aadarsh-Daily

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंहको निधन

ad-4p

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संरक्षक मुलायम सिंह यादवको निधन भएको छ ।

content ad p2
content left

सोमबार बिहान ८.१६ बजे यादवको निधन भएको उनका छोरा अखिलेश यादवले जानकारी दिएका छन् । उनी ८२ वर्षका थिए । मुलायम सिंह गुरुग्रामको मेदान्त अस्पतालमा भेन्टिलेटरमा थिए ।

गत आइतबारदेखि उनको अवस्था चिन्ताजनक रहेको थियो । मुलायम सिंह यादवको निधनपछि सपा कार्यकर्तामा शोकको लहर छाएको छ ।
पहलवान र शिक्षक रहेका मुलायमले लामो राजनीतिक पारी खेलेका छन् । उनी तीन पटक भारतको उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए भने केन्द्रमा रक्षामन्त्री बनेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily