Aadarsh-Daily

वीरगञ्जको अस्पतालमा महिलाले जन्माइन तिम्ल्या बच्चा

 

ad-4p

वीरगञ्ज २५ असोज । पर्साकी एकजना महिलाले तिम्ल्या बच्चालाई जन्म दिएकी छन् ।

content ad p2
content left

वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुरकी कविता देवीले तिम्ल्या बच्चालाई जन्म दिएकी हुन् ।

कविताले २ छोरा र १ छोरी गरेर ३ जना बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । प्रसव पिडा पछि अस्पताल भर्ना भएकी सोमबार शल्यक्रिया मार्फत बच्चा जन्माइएको अस्पतालका निर्देशक प्रा. डा. प्रमोद कुमार सर्राफले जानकारी दिए ।
डा. सर्राफका अनुसार जन्मेका बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनीहरुलाई आमासहित चिकित्सकको निगरानीमा राखिएको छ ।

कविताको अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रियंका चौधरीले शल्यक्रिया गरेकी थिइन भने बच्चाहरुको उपचार डा. विकाश शाह र डा. भुनेश कुमार बादलले गरिरहेका छन् ।
चिकित्सकको निगरानीमा रहेका बच्चा र आमालाई छिट्टै बिदा दिइने डा. सर्राफले बताए ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily