Aadarsh-Daily

समाजिक सेवामा सक्रिय रहेर राजनितिमा प्रवेश गरेका यादव यसपटक मतदाताले सजिलै स्वीकार गर्ने

ad-4p

समाजिक सेवामा सक्रिय रहेर राजनितिमा प्रवेश गरेका यादव यसपटक मतदाताले सजिलै स्वीकार गर्ने दावि गरेका छन ।जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपछि सक्रियता बढाएका छन ।

content ad p2

उनले असोज २३ गते एमाले – जसपा गठबन्धनका तर्फबाट पर्सा क्षेत्र नम्बर २ को (क ) बाट उम्मेदवारी दर्ता गराएर सक्रियता बढाएका हुन ।

गत ०७४ सालको निर्वाचनमा यहि क्षेत्रबाट प्रदेश सभा सदस्यमा केहि मतान्तरले पराजित भएका उनी यसपाली बलियो उम्मेदवारको रुपमा देखा परेका छन ।

उनी जिल्लामा एक अलग किसिमको कुशल नेतृत्वको रुपमा पहिचान बनाएकाले पनि यसपटकको निर्वाचनमा सजिलो हुने मतदाताहरुले बताएका छन ।

content left

समाजिक सेवामा सक्रिय रहेर राजनितिमा प्रवेश गरेका यादव यसपटक मतदाताले सजिलै स्वीकार गर्ने दावि गरेका छन ।

गत बैशाख ३० मा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा उनको क्षेत्रमा पर्ने बहुदरमाई नगरपालिकाको प्रमुखमा उनी आवद्ध जनता समाजवादी पार्टी र पर्सागढी नगरपालिकाको प्रमुखमा नेकपा एमाले जितेको छ ।

यादवको क्षेत्रमा पर्ने यी नगरपालिकाको प्रमुख नै एमाले -जसपा जितेकाले यसपटक उनलाई सजिलो हुने मतदाताहरु बताउँछन ।

यस्तै २०७४ सालमा यादवलाई हराएर निर्वाचित भएका नेपाली कांग्रेसका राजेश्वर साह तेलीको साथ पाउने बुझिएको छ ।

साहलाई पार्टीले टिकट नदिएर पर्सा क्षेत्र नम्बर २ को (ख )माग्दै आएका श्याम पटेललाई उम्मेदवार बनाईएपछि उनी अहिले असन्तुष्ट बनेका छन ।

साहको असन्तुष्टी एमाले -जसपाका तर्फबाट उम्मेदवारी दिएका यादवलाई फाईदा पुग्ने मतदाताहरुको दावि छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily