Aadarsh-Daily

तीन जना भारतीय गाँजा सहित पक्राउ

ad-4p

वीरगन्ज,२७ असोज : मकवानपुरमा प्रहरीले लागुऔषध गाँजा सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

content ad p2
content left

भारत बिहारको मोतिहारी जिल्ला बलही गाँउका ३५ वर्षीय रमेश माझीको साथबाट साढे ३ किलो, हरिन्द्र माझीको साथबाट ४ किलो र दिलिप माझीको साथबाट ५ किलो गरि साढे १२ किलो गाँजा वरामद भएको हो ।

उनीहरूलाई मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले पक्राउ गरेको हो ।बागमति प्रदेश ०३–००१च १३१८ नम्बरको गाडीमा राक्सिराङबाट मनहरी तर्फ आउँदै गरेको तीनै जनालाई प्रहरीले विशेष सूचनाको आधारमा पक्रन सफल भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily