Aadarsh-Daily

पकाहामैनपुरमा एमालेको घरदैलो कार्यक्रम सम्पन्न,स्थानियको उत्साहजनक सहभागिता ।

ad-4p
content left

वीरगन्ज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम केन्द्रिय सदस्य राजकुमार गुप्ताले घरदैलो कार्यक्रममा आफ्नो सक्रियता बढाएका छन् । केन्द्रिय सदस्य गुप्ताले घरदैलोको आज दोश्रो दिन पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर १ र २ अन्तरगतका टोलहरु धोरे , मधुबनी , सुर्जाहा, मानिकपुर लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन । घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा , स्वास्थ्य , कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता गुप्ताले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए । नेता गुप्तालाई उत्साहित जनताहरूले गाउँ गाउँमा फूलमाला , अबिर लगाई स्वागत गरेका थिए । नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर ३ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको र अधुरा बिकाश निर्माणको काम पुरा गर्न पुनः जिताउन नेता गुप्ताले आग्रह गर्नुभयो ।कार्यक्रममा नेकपा एमाले र जसपाका साझा प्रदेश सभा सदस्य(ख)का उम्मेदवार डा. मधु गुप्ता , एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्रा,राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम , युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता , नेता शिव पटेल , गाउँपालिका कमिटीका इञ्चार्ज विकास पाण्डेय ,उपाध्यक्ष कृष्ण कुशवाहा ,सचिव राजेश सहनी, पुर्व गाँउपालिका अध्यक्ष एवम पकाहामैनपुर गाउँपालिका निर्वाचन कमिटी अध्यक्ष बिचय चौरसिया , नेता हनिफ अंसारी , गम्भिरा साह , दीनानाथ साह , रामबाबु चौरसिया , लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily