Aadarsh-Daily

बिन्दबासिनी गाउँपालिकामा एमालेको घरदैलो कार्यक्रम सम्पन्न।

ad-4p

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् केन्द्रिय सदस्य राजकुमार गुप्ताले घरदैलो कार्यक्रममा आफ्नो सक्रियता बढाएका छन् । केन्द्रिय सदस्य गुप्ताले घरदैलोको तेस्रो दिन शुक्रबार बिन्दवासनी गाँउपालिकाको टोलहरु अमरपट्टी, झौवा, मधवल र इटीयाहि लगायतको वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न। लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन ।

content ad p2
content left

घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा, स्वास्थ्य, कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता गुप्ताले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए ।

नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले एमालेलाई बिजयी गराउन आग्रह गरे । क्षेत्र नम्बर ३ को बिकाशको लागि आफु पहिलादेखि नै कार्यहरु गर्दै आएको र अधुरा बिकाश निर्माणको काम पुरा गर्न पुनः जिताउन नेता गुप्ताले आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले र जसपाका साझा प्रदेश सभा सदस्य ३ काे (ख) का उम्मेदवार डा. मधु गुप्ता, एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्र, राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम, युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, नेता शिव पटेल, बिन्दवासनी गाउँपालिका निर्वाचन कमिटी अध्यक्ष बिचय चौरसिया, नेता हनिफ अंसारी, गम्भिरा साह, दीनानाथ साह, रामबाबु चौरसिया, जसपाकी नेतृ सलमा खातुन लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily