Aadarsh-Daily

ड्राइपोर्टमा ट्रकको ठक्करबाट थप एक जनाको मृत्यु्

ad-4p

वीरगन्जको ड्राइपोर्टमा शुक्रबार ट्रकको ठक्करबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवाका ३० बर्षिय सन्तोष कुशवाहा रहेका छन् ।

content ad p2
content left

वीरगन्ज महानगरपालिका वडा नंबर २५ स्थित ड्राईपोर्ट गेट अगाडी शुक्रबार दिउँसो साढे २ बजे प्रदेश २–०३–०२० प ८७९९ नम्वरको पल्सर मोटरसाईकललाई ना.५ ख २२६१ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा मोटरसाइकल.चालक कुशवाहा गम्भीर घाईते भएका थिए । उपचारका लागि नारायणी अस्पतालमा पुरयाए लगत्तै कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका वीरगन्ज २४ रामगढवाका ४० बर्षिय ओमबाबु कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि शुक्रबार बिहान पनि वीरगन्जको ड्राइपोर्ट नजिकै मालवाहक ट्रकले ठक्कर दिँदा पैदलयात्री पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ वनकटवा घर भएका ६० वर्षीय विगा रामको मृत्यु भएको थियो ।

बिहान १० बजे तिर वीरगन्जको ड्राईपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको पैदल सडक पार गर्दै गरेका रामलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily