Aadarsh-Daily

स्थानिय तहको क्षमता अभिवृद्धि तालिम सिमरामा सुरू!

ad-4p
content left

बारा जिल्ला सिमरा उ प मा नगर पालिका स्थित होटेल श्रेष्ठ रेसिडेन्स सिमरामा दुई दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य का लागि नेपाल शिक्षा समुह सञ्चालन कार्यविधि २०७९ सम्बन्धी स्थानिय तहको क्षमता अभिवृद्धि तालिम मधेस प्रदेश शिक्षा समुहको आयोजनामा र शिक्षा समुहको संयोजक नरेश साह को अध्यक्षतामा सञ्चालन भएको छ ।
र यसको प्रमुख अतिथि को रूपमा शिक्षा विकास समन्वय इकाई पर्सा का प्रमुख श्री फत बहादुर श्रेष्ठ तथा विशिष्ट अतितिको रूपमा पोखरीया न पा को मेयर श्री प्रदुमन् चौहानले गर्नु भएको छ भने स्वागत मन्तव्य NSET बाट आउनु भएको शुशिल पण्डितले गर्नु भएको छ ।
EU को आर्थिक सहयोग तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक सहयोग र
NSET नेपालको सहजीकरणमा संचालित supporting the response to the COVID 19 crisis in the education sector कार्यक्रम सञ्चालनमा रहेको स्थानिय तह हरुको सहभागितामा यो दुई दिने कार्यक्रम सञ्चालमा रहेको छ ।
यस कार्यक्रममा बारा जिल्लाको 6 वटा स्थानिय तह करैया माई गा पा, बारा गढी गा पा , फेटा गा पा, देव ताल गा पा, विश्रामपुर गा पा, र आदर्ष कोत्त वाल गा पा,र पर्सा जिल्लाको 6 वटा स्थानीय तह , विन्दवासिनी गा पा, बहुदर माई न पा, पोखरीया न पा, पटेर्वा सुगौली गा पा, जिरा भवानी गा पा, पर्सा गढी न पा गरी जना 12 वटा स्थानिय तह र प्रतेक तहबाट शिक्षा शाखा प्रमुख 1 जना र शिक्षा समिति बाट 1 जना गरी प्रतेक स्थानीय तहबाट 2 जना गरी 24 जनाको सहभािता मा यो कार्यक्रम सञ्चान गरिएको छ ।
यस तालिममा विपद् जोखिम,न्यूनीकरण,तथा त्यसको व्यवस्थापनका अवधारणा,नेपालमा शिक्षा र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, बृहत विद्यालय सुरक्षा , आपतकालीन शिक्षा र अन्तर्निकाय सञ्चालन , तथा आधारभूत मानवीय मापदण्ड तथा शिक्षा को लागि न्यूनतम मापदण्ड र विपद् प्रतिकार्य का लागि विषयगत समुहहरु र समन्वय को बारेमा छल्फल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । यस तालिममा प्रशिक्षकको रूपमा श्री शुशिल पण्डित, राम माझी, कमल कुमार विश्वकर्मा हुनु हुन्छ भने संस्थाको तरफ बाट बारा , पर्सामा कार्यरत 4 जना पालिका कलस्टर कोर्डिनेटर हरुको सहभागिता रहेको छ ।

content ad p2

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन लुकाएको आरोप: माइतीघरमा युवाहरूको कडा प्रदर्शन

Aadarsh Daily

वीरगन्जबाट काठमाडौं लैजाँदै गरिएको ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना प्रहरीको फन्दामा

Aadarsh Daily

सर्वोच्चले दिएन अन्तरिम आदेश: धनुषा–१ मा मातृका यादव विजयी मान्य

Aadarsh Daily