Aadarsh-Daily

अध्यक्ष यादवले गरे वडा नं २ मा आकस्मिक सेवा २४ सै घण्टा उद्घाटन ।

ad-4p
content left

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका २ वडामा भोलीदेखि आकस्मिक सेवा २४ सै घण्टा शुरु हुने भएको छ । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ मधुवन मथवल र वडा नम्बर ५ महुवन स्वास्थ्य चौकीमा भोलीदेखि २४ सै घण्टा आकस्मिक सेवा शुरु हुने भएको हो । यसअघिदेखि नै २४ सै घण्टा निःशूल्क एम्बुलेन्स सेवा र २४ सै घण्टा बर्थिंग सेन्टर सञ्चालनमा रहेपनि अन्य आकस्मिक सेवा भने भोलीदेखि शुरु गरिने गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए ।सोमवार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष यादवले उक्त सेवाको उद्घाटन गरेपनि भोलीदेखि मात्रै सेवा सञ्चालनमा आउनेछ ।२४ सै घण्टा आकस्मिक सेवा सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा १५ लाख रकम बिनियोजन गरिएको छ । सोही सेवा सञ्चालनका लागि दुवै स्वास्थ्य चौकीमा १ जना अनमी र १ जना हेल्थ एसिसटेन्ट गरेर ४ जना कर्मचारी पनि थप गरिएको अध्यक्ष यादवले जानकारी दिए ।घाउ, चोटपटक लगायतका अन्य आकस्मिक सेवा २४ सै घण्टा शुरु गर्ने वीरगञ्ज र पोखरिया अस्पतालपछि सखुवाप्रसौनी गाउँपालिका पहिलो पालिका रहेको अध्यक्ष यादवको दावी छ ।पूर्ण रुपमा स्थानीय सरकारकै बजेटमा सञ्चालन गरिएपनि आवश्यक्ताका आधारमा बजेट थप गर्न सकिने यादवले बताए । स्वास्थ्यमा कुनै पनि सम्झौता नगर्ने बताउँदै अध्यक्ष यादवले केही दिनभित्रै ईसिजी र जेनरल एक्सरे सेवा पनि शुरु गर्ने तयारी भइरहेको बताए । त्यसका लागि पनि गाउँपालिकाले १२ लाख रकम बिनियोजन गरिएको छ भने आवश्यक परेमा थप गर्न सकिनेछ । मधवन मथवलमा वडा नम्बर १ का वडाअध्यक्ष बासुदेव महतो थारुको अध्यक्षतामा र महुवनमा वडा नम्बर ५ का वडाअध्यक्ष अशेश्वर यादवको अध्यक्षतामा आकस्मिक सेवाको उद्घाटन गरिएको हो । कार्यक्रममा वडा नम्बर १ का पूर्व वडाअध्यक्ष बिश्वनाथ पट्वारी, पूर्व प्रधानाध्यापक भागवत चौधरी, वडा नम्बर १ मधवन मथवल स्वास्थ्य चौकीका प्रमुख बिनोद मेहता, कार्यपालिका सदस्य महादेव साह कलवार, महुवन माविका पूर्व प्रधानाध्यापक जद्दु साह तेली, महुवन स्वास्थ्य चौकीका ईन्चार्ज सरोज गिरी, कर्मचारी, स्थानीय लगायतको उपस्थिती रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश रौनियारले जानकारी दिए ।

content ad p2

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily