
वीरगञ्ज १ कार्तिक । नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, प्रदेस सभा सदस्यका उम्मेदवार रामनरेस प्रसाद यादव ,हरेराम पटेल लाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् । एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, प्रदेस सभा सदस्यका उम्मेदवार रामनरेस प्रसाद यादव ,हरेराम पटेललाई जिताउन आग्रह गर्दै एमालेका नेता कार्यकर्ताहरु जनताको घरदैलोमै पुगिरहेका छन् ।

पर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा प्रतिनिधीसभा सदस्य उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीसंगै प्रदेशसभा सदस्यका एमाले उम्मेदवार हरेराम पटेलले भेटघाट गर्दै मतदाताको घरदैलोमा पुगेर अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाइ अत्याधिक मतले विजयी बनाउन आग्रह गरे । एमाले नेता एंव उम्मेदवार हरेराम पटेलसंगै रहेका एमालेका नेता कार्यकर्ताले पनि अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको पक्षमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् ।
जसपा एमाले गठबन्धनले मङगलबार वीरगञ्ज महानगरपालिका अलौ , श्रीसिया ,बिन्दवासनी,रामगढवा ,बहुदरमाई न.पा का पिपरा ,बैरिया ,सियियाडीमा जनता संग भेट घाट गरेका छन!
भेटघाट का क्रममा मतदाताको घरदैलोमा पुगेका दुवै उम्मेदवारले जसपा–एमालेको पबित्र गठबन्धप्रति स्थानीय जनताले दर्शाएको आत्मियता र समर्थनले आफुहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए ।
उनिहरुले मधेस र समग्र देशको हितमा यो चुनावी गठबन्धन बनेको यथार्थ जनताले बुझिसकेकाले आसन्न निर्वाचनमा आफुहरुकोे जित सुनिश्चित हुदै गएको पन जिकिर गरे ।

