Aadarsh-Daily

बहुदरमाई नगरपालिकाको घरदैलो कार्यक्रम मै नेपाली कांग्रेस परित्याग गरी दलित नेताले गरे पार्टी प्रबेश ।

ad-4p
content left

वीरगन्ज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्लाका सह इन्चार्ज एवं संविधान सभाका सदस्य पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले आफ्नो निर्बाचन क्षेत्र नम्बर ३ को बिभिन्न पालिकामा चुनावी अभियानलाई तिब्रता दिएका छन् । नेकपा एमाले क्षेत्र नं ३ कमिटीले चुनावी घरदैलो अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको छ । आज पर्साको बहुदरमाइ नगरपालीकाको पिपरा , विश्रामपुर , भौराटार , बर्वा लगायतको गाउँहरुमा घरदैलो कार्यक्रम गरेका छन् । बहुदरमाईको वर्वामा घरदैलो कार्यक्रम कै बीच पटेर्वासुगौली गाउँपालिका वडा नं ४ सुगौलीका नेपाली कांग्रेस पार्टीका दलित नेता ब्रहमदे माझी मुसहरले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।नव प्रबेशी नेपाली कांग्रेसका दलित नेता मुसहरलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले गम्छा , अबिर लगाई पार्टीमा स्वागत गरेका हुन् । उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदवार मंजूर अंसारी , बहुदरमाई नगरपालिका उपप्रमुख शुष्मा कुशवाहा , नकेपा एमालेका नेता शिव पटेल , हनीफ अंसारी , संजिव मिश्रा , मोहमद निजाम , कृष्णा कुशवाहा , प्रमोद कुशवाहा , विधाचल ठाकुर , विकास पाण्डेय , सन्जय चौहान , राजेश रौनियार लगायतको उपस्थिति रहेको थियो।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily