Aadarsh-Daily

पर्सा क्षेत्र न २(क) को प्रदेशसभा सदस्य उमेदवार रामनरेस प्रसाद यादव प्रति जन लहर बढ्दै

ad-4p

पर्सा क्षेत्र नम्बर २(क) मा एमाले-जसपा गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । मतदाताको गाऊ घरै पुगेर दुवै दलका उम्मेदवारले एमाले-जसपा गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

content ad p2

पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार अधिवक्ता सुरेन्द्रर प्रसाद कुर्मी र २ को (क) मा प्रदेशसभा सदस्यको उम्मेदवार जसपाका रामनरेस प्रसाद यादव छन् ।

content left

जसपा–एमाले गठबन्धनले पर्सा २ को (क) मा पर्ने पर्सागढी नगरपालिकाको ग्रामणि भेगका विभिन्न वडामा चुनावी छलफल तथा भेटघाट गरेको छ ।

यसैगरि बहुदरमाई न.पा को नगरदाहा ,गमरिया ,बहुअरि र पर्सागढी न.पा को कोईलाभार मा पुगेर समापन भएको थियो ।

प्रदेशसभा सदस्य उम्मेदवार रामनरेस प्रसाद यादव रहेको भेटघाट तथा छलफलका क्रममा स्थानीय मतदाताले दुवै उम्मेदवारलाई भव्य स्वागत गरेका थिए । मतदाताहरुले दुवै उम्मेदवार यस क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर लागिपरेकाले यसपालि दुवै उम्मेदवारको जित सुनिश्चित भएको प्रतिक्रिया समेत जनाएका थिए ।

जसपाबाट प्रदेशसभा सदस्य उम्मेदवार रामनरेस प्रसाद यादवले पनि जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई नै मत दिन आग्रह गरे ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily