Aadarsh-Daily

नेता गुप्ताको पक्षमा स्थानिय महिलाहरु पनि उत्रिए घरदैलोमा

ad-4p

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधीसभा सदस्यका पदका उम्मेदवार राजकुमार गुप्ताको पक्षमा मत माग्न स्थानिय महिलाहरु सहित सयो नेता तथा कार्यकर्ता चुनावी प्रचार प्रसार सहित घरदैलोमा उत्रिएका छन् ।

content ad p2
content left

आज शनिबार पर्साको पटेर्वासुगौली गाउँपालिकाको मनिआर्वा , आकवा , देउरिया र निचुटा लगायतको गाउँमा चुनावी प्रचार प्रसार सहित घरदैलो कार्यक्रममा महिला मतदाताहरुले आफै सहभागी भइ पर्साको ३ मा गुप्ताको पक्षमा मत मागेका थिए ।

नेता गुप्ताले जनताको सुखदुखमा सधैं साथ दिदै आएकाले यसपालिको चुनावमा उनलाई जिताउन आफुहरु चुनावी प्रचारमा लागेको महिला मतदाताहरुको भनाई थियो । साथै यो क्षेत्रबाट नेपाली कांग्रेस ३ चोटी चुनाव जितेपनि केही गर्ने नसकेको र हामी मतदाताहरुलाई मात्र आश्वासन दिएकोले हामी नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्तालाई विजयी गराउन मंसिर ४ गरेको पर्खाइमा छौ भने स्थानियहरुले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार मंजूर अंसारी ,जिल्ला कमिटी उपसचिव संजिव मिश्रा ,पटेर्वासुगौली गाउँपालिका पूर्व अध्यक्ष हरिनारायण चौधरी , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम , नेता हनिफ अंसारी , वासुदेव चौधरी , कृष्णा कुशवाहा , मन्तुरा देवी , गम्भीरा साह , विकाश पाण्डेय लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily