Aadarsh-Daily

पर्साको रामभौरीभाठा हात्तीसारमा हात्तीको आक्रमणबाट एकको मृत्यु

ad-4p

वीरगञ्ज ४ कार्तिक । पर्साको रामभौरीभाठा अन्तरगत हात्तीसारमा कार्यरत कर्मचारीको हात्तीको आक्रमणबाट शुक्रवार राती मृत्यु भएको छ ।

content ad p2
content left

ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर स्थित पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रामभोरी भाठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा फणित पदमा कार्यरत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ डुमरवाना बस्ने रमेश महराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जको कामिनी कली नाम गरेको हात्ती चराई हत्तीसारमा बाँध्ने क्रममा हात्तीले आक्रमण गरेको र उनी घाइते भएपछि उपचारका लागि वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ
मृतक महराको लाशको पोष्टमाटम गरिएको र उनका आफन्तलाई बुझाउने प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आफै माउते भई चराउन लिएर गएको हात्तीले एक्कासी कसरी आक्रमण गरयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily